काठमाडौं, १४ भदौ । नेकपा (एमाले)को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारी चलिरहेको छ । सो तयारीस्वरूप हिजो केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीका बारेमा ब्रिफिङ गरेका छन् । उनले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिएको बताईएको छ ।
बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेण्टर स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको संयोजक ढकालले जानकारी दिए । संयोजक ढकालले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गरे । बैठकमा जनसंगठनका इञ्चार्ज र अध्यक्षहरूको सहभागिता थियो ।




प्रतिक्रिया