रास्वपा सभापति वाग्लेको डीपफेक भिडिओ सार्वजनिक, उजुरी दिन साइबर ब्युरो जाँदै


काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको आवाज प्रयोग गरी डीपफेक भिडिओ बनाइएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरि ढकालले रचनात्मक प्रतिवाद गर्न नसक्नेहरुले डीपफेक भिडिओ बनाएको बताएका थिए ।

उपसभापति डा.वाग्ले डीपफेक भिडिओको विरुद्धमा उजुरी दिन काठमाडौँ भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा जाने बताइएको छ । डा.वाग्ले साइबर ब्युरोमा २ः५ बजे पुग्ने बताइएको छ ।