काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आजको बैठकमा समसामयिक विषयमा, राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठकमा रूपन्देही–३ र मनाङ प्रदेश सभा (२) को उपनिर्वाचनको उम्मेदवारबारे छलफल हुने उनले बताए । ‘रूपन्देही–३ को निर्वाचन, मनाङको पनि निर्वाचन हुँदैछ । यिनै विषयहरुमा छलफल हुन्छ,’– नेता विश्वकर्माले भने ।
रूपन्देही–३ र मनाङ प्रदेश सभा (२) मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।




प्रतिक्रिया