काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल खुलाउन पार्टी सभापति शेरबहादुर देउवालाई दवाब दिएका छन् । पार्टी सभापति देउवालाई भेटेर गगन–विश्वले परिस्थितिबारे जानकारी गराएका हुन् ।
महामन्त्रीद्वय गगन–विश्वले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिनका लागि सभापति देउवालाई दवाब दिएका छन् । बुढानीलकण्ठ स्रोतका अनुसार जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धमा जेन–जी पुस्ताले आज देशभर प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरको संसद् भवन परिसरसम्म प्रदर्शनकारीहरुले ढाकेका थिए । प्रदर्शनका क्रममा उनीहरुले केही दलका नेताहरुको नामै उल्लेख गरेर चर्को नाराबाजी गरेका थिए ।




प्रतिक्रिया