काठमाडौं, २३ भदौ । जेन–जी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।नेपालमा दर्ता नभएका सामानिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धमा आज देशभरका जेनजी पुस्ता प्रदर्शनमा उत्रिएका थिए ।
काठमाडौंको माइतीघरबाट सुरु भएको जेनजी प्रदर्शन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पुगेपछि थप आक्रमक बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीको अश्रुग्याससहित गोली चलाएको थियो । प्रहरीको गोली लागेर ठूलो संख्यामा घाइते भएको आंकलन गरिएको छ । अहिले ५९ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र सिभिल अस्पतालमा एक सयभन्दा बढी घाइते पठाइएको बताइएको छ ।
हालसम्म ट्रमा सेन्टरमा ६, सिभिलमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु भएकाहरुको शनाखत भने हुन सकेको छैन ।




प्रतिक्रिया