काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । ललितपुर महानगरपालिका–२६ सुनाकोठीमा रहेको गंगाको घरमा हिजो (मंगलबार) जेन–जी प्रदर्शनकारीहरुले आगजनी गरेका थिए । ललितपुर प्रहरीका अनुसार आगजनी भएको उक्त घरमा जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको हो ।
मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जी पुस्ताले सोमबारदेखि प्रदर्शन गरेका थिए । सोमबारको प्रदर्शनका क्रममा प्रहरीले दमन गरेपछि मंगलबार जेन–जी प्रदर्शनकारीहरुले विभिन्न नेताहरुको घर, सार्वजनिक सम्पत्ति र प्रहरी चौकीमा आगजनी गरेका थिए ।




प्रतिक्रिया