काठमाडौं, २७ भदौ । हाल नेपाल राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ। केपी शर्मा ओलीको राजीनामापछि नेतृत्वविहीन अवस्था देखिएको छ। यस्तो बेलामा पदभार सम्हाल्नका लागि अनेक नामहरू सुनिन थालेका छन् । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीदेखि कुलमान घिसिङसम्म चर्चामा रहेको छन् । अर्को महत्वपुर्ण र भरोषायोग्य पात्र हुन् पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको नाम अहिले जेन–जी पुस्तामाझ चर्चामा छ।
विशेषज्ञहरू भन्छन्, ‘खनालजस्तै कडा अनुशासन र निर्णयशक्तिमाथि भर पर्ने नेतृत्वले वर्तमान जटिल परिस्थितिलाई सम्हाल्न सक्ने सम्भावना छ ।’
युवा आन्दोलनका एक समूहले खनाललाई ‘ट्रबलशूटर’ मान्दै उनको ईमानदार छवि, हक्की स्वभाव र संकट व्यवस्थापन क्षमता मुलुकको लागि महत्वपुर्ण हुने तर्क बलियोसँग प्रस्तुत गरिरहेका छन्। व्यक्तिगत रूपमा, उनी प्रहरी संगठनलाई व्यवस्थित अनुशासन र पूर्णतः राजनीतिबाट अलग बनाउने काममा सफल रहिसकेका छन्
ठूलो आपराधिक गिरोह धराशायी गर्दै उनले आफ्नो कार्यकालमा सुरक्षा दृढ बनाएका थिए। यही प्रेरणाले कतिपय युवा उनको नेतृत्वमा सकारात्मक परिवर्तन देख्न चाहन्छन्।
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालः दृढ अनुशासन र निर्णायक नेतृत्वका लागि चर्चित खनालका समर्थकहरू भन्छन्– ‘कार्की र घिसिङमा प्रशासनिक क्षमता हुन सक्छ । तर अपराध र अस्थिरता नियन्त्रणमा खनालको व्यावहारिक अनुभव उनीहरूभन्दा निक्कै बलियो छ।’
खनाल लामो समयदेखि युवासँग मिलेर भ्रष्टाचार, कुशासनविरुद्द कामसमेत गरिरहेका छन्। जसले उनलाई जेनजी पुस्तामाझ लोकप्रिय बनाएको छ। खनालको साहसी, ईमान्दार र दृढ छवी युवाहरूका प्रेरणाको एउटा प्रतीक बनेको छ। नेपाल संकटग्रस्त छ र केही विश्लेषक भन्छन् देशलाई अहिले ‘नागरिक नेतृत्वको सुरक्षा मोडेल’ जस्ता नवीन सोच चाहिन्छ। खनालको अनुभवले यही रिक्तता पूरा गर्न सक्छ भन्ने आशा युवापुस्तामा छ।
तर, युवा वर्गले चाहेको व्यापक परिवर्तनका लागि नेतृत्व मात्र होइन, पारदर्शिता र अवसर पनि आवश्यक छ। आजको युवा धेरै क्षेत्रहरूमा उजागर परिवर्तन खोज्दैछन्। खनाल जस्ता व्यक्तिका गुण अवश्य स्वागतयोग्य छ, तर युवा भविष्यमोक्षका लागि राष्ट्रलाई अघि बढाउने मार्ग भने थप बहुआयामिक छ। स्रोतहरुले देखाउँछन्—युवा चेतनाले खोजिरहेको उत्तर केवल कानून र सुरक्षा मात्रै होइन, जिम्मेवार, प्रभावकारी अनि पारदर्शी नेतृत्व पनि हो
तसर्थ, हालको सक्रमणकालिन अवस्थामा सर्वेन्द्र खनालजस्ता प्रमाणित व्यक्तिको नेतृत्व राष्ट्रको लागि बहुआयामिक दृष्टिकोणबाट महत्वपुर्ण देखिन्छ।




प्रतिक्रिया