काठमाडौं, २८ भदौ । जेन–जी आन्दोलनका क्रममा नेकपा (माओवादी केन्द्र) का नेता १९ नेताहरुको घरमा तोडफोड, लुटपाट र आगजनी भएको छ । हालसम्म प्राप्त भएको विवरणअनुसार माओवादी केन्द्रका १९ शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको हो ।
जेन–जी प्रदर्शनकारीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवास र चितवनको घरमा लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त बनाएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट भएको बताइएको छ ।
त्यसैगरी, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट, नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट, कृष्णबहादुर महराको दाङस्थित घरमा तोडफोड र लुटपाट, पम्फा भुसालको निवास तोडफोड र लुटपाट भएको छ ।
उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट, उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट र सचिव चक्रपाणी खनालको घरमा आगजनी, तोडफोड र लुटपाट भएको बताइएको छ ।
त्यसैगरी माओवादी केन्द्रीय सदस्यहरु गंगा दाहालको घरमा आगजनी, तोडफोड र लुटपाट, जीवन आचार्यको विराटनगरस्थित घरमा आगजनी, तोडफोड र लुटपाट, रेनु दाहालको घरमा आगजनी, तोडफोड र लुटपाट, माधव सापकोटाको घरमा आगजनी, राजन दाहालको घरमा तोडफोड र लुटपाट, विशाल खड्काको घर र गाडी पूरै जलेर ध्वस्त, युवराज चौलागाईंको घरमा आजगनी, उमेश यादवको घरमा तोडफोड, लुटपाट, कमल बुढाथोकीको घरमा लुटपाट र रामनारायण बिडारीको घरमा आगजनी भएको बताइएको छ ।




प्रतिक्रिया