काठमाडौं, ३ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित् छैनन् । बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि सहभागी छन् ।
जेन–जी आन्दोलन, उत्पन्न राजनीतिक परिस्थिति र सुशीला कार्कीको नेतृत्वमा गठित सरकार, आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भने सभापति देउवा दम्पत्तिमाथि भौतिक आक्रमण भएको थियो ।
उनीहरु अहिलेपनि उपचारमै रहेको बताईन्छ । सभापति देउवाले आज संविधान दिवसको अवसरमा भने शुभकामना सन्देश प्रवाह गरेका छन् । file photo




प्रतिक्रिया