रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा


काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोली मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने तय भएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टी सभापतिहरूको तर्फबाट प्रदेश बैठकबारे प्राप्त विवरणमाथी छलफल हुने प्रवक्ता मनिष झाले बताए ।

बैठकमा परिवर्तित अवस्थामा केन्द्रीय सदस्यको धारणा र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति तथा पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमासमेत छलफल हुने उनको भनाई छ । बैठकले पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत छलफल गर्ने जनाइएको छ ।

रास्वपाले आगामी फागुन ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन तयारी गरेको थियो। तर प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते गर्ने गरी मिति तोकिएकाले त्यसबारे भोलीको बैठकमा छलफल प्रवक्ता झाले जानकारी दिए ।