काठमाडौं, असोज ६ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले एउटा समूहले आफूलाई घरसम्मै पछ्याईरहेको बताएका छन्।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई आक्रमण गर्ने उदेश्यले एक समुहले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन्।
उनले भनेका छन, ‘‘हुँदाहुँदा एउटा समुह मलाई खोजीखोजी अहिले मेरो घरसम्म आइराछ । मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है। गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू।’
आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै उनले प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी समेत दिएका छन् । गुरुङले आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव दिदै अहिले मन्त्रिपरिषद्मा राम्रा-राम्रा मन्त्रीहरू गएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो । मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ।’




प्रतिक्रिया