काठमाडौं, असोज ८ । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा आज साँझ ७ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्न लागेका हुन् ।
आठ वटा टिम सहभागी एसिया कपबाट हालसम्म आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिसकेका छन् भने भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका छन्। एसिया कपको फाइनल सेप्टेम्बर २८ तारिखमा हुनेछ ।




प्रतिक्रिया