जनयुद्धमा ठूलो योगदान गरेका नेताहरुले पदको लोभ गरिराखे समाप्त हुन्छन्ः सुदन किराती

‘यथास्थितिमा पार्टी चल्दैन, पदाधिकारी सबैले राजीनामा गर्नुस्’


काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले यथास्थितिमा पार्टी चल्न नसक्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकको छलफलमा भाग लिँदै अब पदाधिकारी सबैले राजीनामा गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा निर्देशक कमिटी बनाउन सुझाव दिएका हुन् । उनले पार्टी महाधिवेशनमा जानुको विकल्प नरहेको बताए ।

‘यथास्थितिमा पार्टी चल्दैन । महाधिवेशनमा जाँदा सबै पदाधिकारी सबैले राजीनामा गरौ । स्थायी समितिको सिनियर नेतालाई संयोजक बनाउँ,’– छलफलका क्रममा उनले भने ।

त्यस्तै, उनले जनयुद्धमा ठूलो योगदान गरेका नेताहरुले अझै पदको लोभ गरिराखे समाप्त हुने खतरा रहेको पनि उनले बताए । उनले भने, ‘रामजस्ता नेताहरु रावणजस्तो हुने खतराबाट बचाऔं ।’ File Photo/RN