आज कहाँको मौसम कस्तो?


काठमाडौं, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यस्तै, आज राति कोसी प्रदेशलगायत देशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशलगायत देशका पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।