सरकारले सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्नेलाई सम्मान गर्ने


काठमाडौं, असोज १० । गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार र खरखजाना असोज महिना भित्रै नजिकको प्रहरी कार्यालयमा बुझाए सम्मान गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गर्दै हतियार बुझाउनेलाई सम्मान गरिने जनाएको छ ।

असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई नबुझाउनेलाई कारबाही गरिने पनि मन्त्रालयले भनेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।