आज कहाँ-कहाँ वर्षा?


काठमाडौं, १३ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा तथा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै तराईको केहि भागमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी अहिले बिहान पनि राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।