दशैंको दिन यी ठाउँमा मुसल्धारे वर्षाको सम्भावना


काठमाडौं, असोज १५ । यो वर्ष विजया दशमीको दिन देशैभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार र पर्सि टीकाको दिन बिहीबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ । यस्तै बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

टीकाको भोलिपल्ट अर्थात् शुक्रबारदेखि भने देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।