काठमाडौं, १५ असोज । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का र आफ्नै देशभित्र आवातजावत गर्न रोक लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै सरकारलाई प्रतिशोधपूर्ण बाटो नहिँड्न चेतावनी दिएका छन ।
पौडेलद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘घट्नाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगकोे हवाला दिँदै गैरकानूनी गैरसंवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्नेगरि आयोगलाई नभएको क्ष्ोत्राधिकारविहीन कार्य गर्न गराउन सरकार उद्धत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवातजावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्टै देखिेनेगरि निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति, सु–व्यवस्था कायम गर्ने भन्दापनि अर्कै बाटो हिँड्न खोजेको देखिन्छ । तसर्थ दण्डहिनतालाई प्रोत्साहन र दलहरुप्रति प्रतिशोधपूर्ण राजनीतिक नगर्न नेपाली कांग्रेस यो अन्तरिम सरकारलाई सचेत गराउँछद ।’




प्रतिक्रिया