प्रचण्डको सुरक्षामा तालिमप्राप्त पूर्व लडाकुहरु


काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा तालिमप्राप्त पूर्व लडाकूहरु तैनाथ भएका छन् । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष पुष्प ओलीका अनुसार प्रचण्डको पहिलो सुरक्षा घेरामा तालिमप्राप्त पूर्व लडाकुहरु खटाइएको हो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र नेकपा (एमाले) का अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको सुरक्षाका लागि मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएको भन्दै फिर्ता बोलाएको थियो । सुरक्षा चुनौति बढिरहेको बेला सरकारले सुरक्षाकर्मी घटाएपछि आफूहरुले सुरक्षा व्यवस्था मिलाएको वाईसीएल अध्यक्ष ओलीले बताए ।

‘इन्टरनल घेरामा पूर्व लडाकुहरु, तालिमप्राप्त फोर्सलाई राखेका छौं, पहिलो घेरामा अध्यक्षसँगै बस्नेगरी । कार्यक्रमस्थलको सुरक्षा, अरु बाह्य सुरक्षा चाहिँ संगठनका विभिन्न ओहदा र जिम्मेवारीका साथीहरुले हेर्नुहुन्छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।