काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् । त्यसका लागि केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न र कार्यवाहक सभापति तोक्न उनले सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
आज (शनिबार) पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ । यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँ (देउवा) लाई भने– तपाई विघटन गर्नुुस् । एक जनालाई कार्यबाहक सभापति दिनुस् ।’
देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । आगामी मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने उनले विश्वास व्यक्त गरे । File Photo/RN




प्रतिक्रिया