काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई हिजो (आइतबार) ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी गरिएको छ । उनको थुनछेक बहस भोलि हुने बताइएको छ ।
चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको सीआईबीको दाबी छ । महराविरुद्ध कसुरको पूरक अभियोग दर्ता भएको छ । सीआईबीले महरालाई पनि अदालतमा उपस्थित गराएको छ ।




प्रतिक्रिया