नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको लागि नेताहरू सानेपामा भेला हुन थाले (फोटोफिचर)


काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नेताहरु पार्टी मुख्यालय पुग्ने क्रम जारी छ । आज एक महिनाभन्दा बढि समयपछि पार्टी सभापति शेरबहादुर देउवा सार्वजनिक हुने भएका छन् । जेन–जी आन्दोलनपछि देउवा सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, आज पहिलोपटक उनी सार्वजनिक हुँदैछन् ।

बैठकमा सहभागी हुनको लागि नेताहरु सानेपा पुग्ने क्रम जारी छ । आजको बैठकमा सभापति देउवाले समसामयिक विषयमा बोल्ले भनिएको छ। देउवा बोलेपछि बैठक समापन गरिने जनाईएको छ । बैठक सुरु हुनुअघि देउवाले आज विहान महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।