काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले नियमित महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता विवाद नै नटुङ्ग्याएको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका बस्नेतले महामन्त्रीद्वय थापा र शर्माले क्रियाशील सदस्यताको प्रक्रिया नटुङ्ग्याएको, जिल्ला–जिल्लाको विावद कायमै राखेको र आफू जम्प गर्नका लागि विशेष महाधिवेशन भन्दै हिँडेको बताएका हुन् ।
‘नियमित महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यताको प्रक्रिय नटुङ्ग्याउने, अहिलेसम्म जिल्ला–जिल्लाको विवाद यथावत राख्ने । अनि त्यहाँबाट जम्प गरेर विशेष महाधिवेशन भनेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
विशेष महाधिवेशन गर्दा युवा पुस्ताले भाग लिन नपाउने र आफ्नो अकर्मण्यतालाई छोपछाप पारेर नेृतत्वका लागि जम्प गर्ने प्रवृत्तिको विकास हुने खतरा रहेको पनि उनले बताए ।




प्रतिक्रिया