मधेशमा कांग्रेस-एमाले इतरको सरकार बन्दैछः मनिष सुमन (भिडिओसहित)


काठमाडौं, २८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले मधेशमा नेपाली कांग्रेर र नेकपा (एमाले) बाहेकको गठबन्धनमा सरकार बन्ने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मधेशी जनताको चाहना कांग्रेस–एमाले इतरको सरकार रहेको बताएका हुन् । मधेशमा कांग्रेस र एमालेबाहेकका दलहरु एक बनेर अगाडि बढ्ने बारेमा छलफल भइरहेको पनि उनले बताए ।

‘कांग्रेस र एमालेको नेतृत्वबाहेक जसले नेतृत्व गरे पनि जनता समाजवादी पार्टी नेपाल सकारात्मक छ । कांग्रेस–एमाले इतरको सरकार बन्नुपर्छ भनेर नेपाली जनताको इच्छा छ । उनीहरु नजिक–नजिक त देखिन्छन् । तर, उनीहरु बाहेकका सबै पार्टीहरु कांग्रेसको नेतृत्वलाई स्वीकार गर्न तयार छैनन्,’– नेता सुमनले भने ।

उनले जनमत पार्टीलाई पनि अब चेत आएको बताउँदै अब त्ष्याृ पार्टी जनविरोधी दलहरु कांग्रेस र एमालेको पक्षमा जाला भन्ने आफूलाई विश्वास नरहेको बताए । कांग्रेस–एमालेबाहेकको गठबन्धनको मूर्त रुप भोलिसम्ममा देखिने उनले बताए ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने निश्चित छ ।