मधेशमा बहुमतको सरकार गठनका लागि आह्वान, भोलि अपराह्न ४ बजेसम्मको समय


काठमाडौं, २८ असोज । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख सुवेदीले बुधबार (भोलि) अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज नै पदबाट राजीनामा दिएका थिए । कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । मधेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक निलम्वितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्वितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् ।