काठमाडौं, ३० असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज विहान साढे ११ बजे आयोगको कार्यालयमा दलका नेताहरुसँग बैठक आह्वान गरिएको छ ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई बैठकको लागि पत्र पठाइसकेको छ । आजको बैठकका निर्वाचनको बारेका आफूहरुले गरिरहेको तयारीको बारेमा जानकारी गराइने र दलहरुबाट सुझाव लिइने प्रवक्ता भट्टराईले बताए ।




प्रतिक्रिया