काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले केन्द्रीय समितिमा छलफल हुने विभिन्न ८ वटा एजेण्डा तय गरेको छ । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एजेण्डा तय गरेको हो ।
एजेण्डाहरुमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीको १५औं महाधिवेशन, प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन, तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालयलगायतका मुलुकभरका विभिन्न पार्टी कार्यालयहरू पुनः निर्माणलगायतका विषयहरु समावेश गरिएको छ ।
त्यस्तै, मुलुकको शान्ति सुरक्षा र क्षतिपूर्ति तथा पुनः निर्माण, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण, कार्यसम्पादन समितिको निर्णयलगायतका विषयलाइृ केन्द्रीय समिति बैठकको एजेण्डा बनाइएको छ ।




प्रतिक्रिया