गृहमन्त्री अर्यालमाथि कांग्रेस नेता विश्वकर्माले उठाए प्रश्न, ‘यिनी गृहमन्त्री नै हुन ?’


काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख तथा पूर्वमन्त्री मीन विश्वकर्माले अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न उठाएका छन् । गृहमन्त्री अर्यालले आज जेनजी आन्दोलनमा लुटिएका हतियार र कैदीबन्दीहरु दलहरुले प्रयोग नगर्ने भनेर प्रतिबद्धता जनाउनुपर्ने बताएपछि विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–‘यिनी गृहमन्त्री नै हुन ? कि यिनको मुखवाट अरू कोही बेल्दैछ ? आक्रमण, आगजनी, तोडफोड र लुटपाटको वलमा आफै मन्त्री हुने ! भागेका कैदी वन्दी, लुटिएका हतियार र प्रहरीका वर्दि अहिले नखोज भन्ने अनि चुनावमा प्रयोग नगर्ने प्रतिवद्दता चाही दलहरूले गरिदिनु पर्ने ? विचरा !!! जय होस जेनजी सरकार !!!”

Related News and Video: