काठमाडौं, कार्तिक ३ । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए मुलुक अर्को दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्। केन्द्रीय कमिटी बैठकमा आफूले प्रस्तुत गरेको सुझाव सार्वजनिक गर्दै उनले आगामी फागुन २१ गते चुनाव हुन नसक्ने टिप्पणी गरेका छन् ।
‘घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटनातर्फ उन्मुख रहने खतरा सुनिश्चित नै छ’ उनले भनेका छन्, ‘आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउँदैन भन्ने कुरा उसका सुरुदेखिकै व्यवहार र गतिबिधीहरूबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ।’
सरकार निर्वाचनको वातावरण बनाउनेतर्फ भन्दा पनि मुलुकमा डर, भय, त्रास र आतङ्क सिर्जना गरेर सत्तामा रहिरहन चाहेको उनको आरोप छ। राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेधको कार्यशैलीका साथ सरकार अगाडी बढेकोबारे बैठकमा टिप्पणी गरेको उनले जनाएका छन् ।
उनले मुलुकलाई निकाश दिन र जेनजी पुस्ताको भावना समेट्न वघटित संसदको पुनर्स्थापना, पुनर्स्थापित संसदबाट सर्वदलीय राष्ट्रिय सरकार निर्माण, विषय किटान गरेर ताजा जनादेशको लागि मध्यावधि निर्वाचन गर्नुपर्ने धारणा राखेको जनाएका छन् ।
‘यसका लागि यो व्यवस्था र संविधान स्वीकार गर्ने सम्पूर्ण नागरिकहरू, राजनीतिक दल, लोकतान्त्रिक देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाँउमा उभिनु जरुरी रहेको उनको भनाई छ ।
उनले फेसबुकमा लेखेका छन्,
नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको मेरो सुझाव
जनवादको कार्यनीति लाई आत्मसात् गरेर अगाडी बढेको लोकतान्त्रिक पार्टी नेकपा एमाले निर्वाचन मार्फत जनताद्वारा परिक्षित हुने कुरालाई सदैब सम्मान र स्विकार गर्दछ । र निर्वाचनबाट तर्सिएर पिठ्यु फर्काएर कहिल्यै भाग्दैन ।
मुख्य कुरा त निष्पक्ष , भयरहित र स्वतन्त्र पुर्वक निर्वाचन हुन्छ कि हुँदैन भन्ने हो तर आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउदैन भन्ने कुरा उसका शुरु देखिकै ब्यवहार तथा गतिबिधी हरुबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ ।
शान्ति सुरक्षा प्रत्याभुतिको मुख्य जिम्बेवारी मा रहेका गृहमन्त्री स्वयले दलहरु सँग घिनलाग्दो प्रतिशोधपुर्ण ब्यवहार प्रदर्शन गरिरहेका छन। सरकार निर्वाचन को वातावरण बनाउने तर्फ भन्दा पनि मुलुकमा डर, भय , त्रास र आतङ्क सिर्जना गरेर अनन्तकाल सम्म सत्तामा रहिरहन र लम्याउन चाहन्छ । राजनितिक दलहरु सँग संवाद र छलफलको सट्टा निषेध को कार्यसैलिका साथ सरकार अगाडी बढिरहेको देखिन्छ ।
त्यसैले एकातिर घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधिमुलक सर्बोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटना तर्फ उन्मुख रहने खतरा सुनिश्चित नै छ । त्यसैले मुलुककै भबिष्यलाई समेत ख्याल गरेर मुलुक सामु देखिएको यस्तो कहालिलाग्दो र गम्भिर अवस्था बाट मुलुकलाई मुक्त गर्दै जेन जी युवाहरुको भावना , चाहना र आकाङ्क्षा लाई सम्बोधन गर्न स्थिरता , स्थायित्व र दिगो शान्तितर्फ मुलुकलाई लैजान स्(
( बिघटित संसदको पुनर्स्थापना ,
( पुनर्स्थापित संसद् बाट सर्वदलिय राष्ट्रीय सरकार निर्माण ,
( बिषय किटान गरेरै संविधानको संशोधन र सुशासन सम्बन्धी आवश्यक कानुनहरुको निर्माण ,
(ताजा जनादेशको लागी ९ महिना भित्र अर्ली एलेक्सन लाई मुख्य प्राथामिकतामा राखेर अगाडी बढ्नु आजको चुनौतीपुर्ण परिश्थितिको मुख्य कार्यभार हो । यसका लागी कुनै एक दलको पहलकदमी वा चाहनाले हुँदैन , यो ब्यवस्था र संविधान स्विकार गर्ने सम्पुर्ण नागरिकहरु, राजनितिक दलहरु , लोकतान्त्रिक , देशभक्त र राष्ट्रबादी शक्तिहरु एक जुट भइ एकै डुङ्गामा उभिनु जरुरी रहेको छ यसको लागी नेकपा एमालेले सकृय पहलकदमी लिनु पर्दछ । यस तर्फ नेतृत्वको बिशेष ध्यानाकर्षण होस ।




प्रतिक्रिया