लक्ष्मी पूजाको दिन सुनको मूल्य कति?


काठमाडौं, कार्तिक ३ । लक्ष्मी पूजाको दिन आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार पाच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँ बढेर ३ हजार २८ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।