राष्ट्रिय जेन-जी पार्टी दर्ताका लागि आयोगमा निवेदन, चुनाव चिन्ह क्रस खुकुरी माग


काठमाडौं, ३ कात्तिक । राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेका छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइका अनुसार हिरा प्रसाद सेती विरण विक) अध्यक्ष रहनेगरी आयोगमा दल दर्ताको निवेदन परेको हो । उक्त निवेदनको दर्ता नं. ५३९ रहेको छ ।

उनीहरुले निर्वाचन चिन्ह क्रस खुकुरी माग गरेका छन् । तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाव दिएको बताइएको छ । जेन–जी पार्टीको उपाध्यक्षमा मुना विक, महासचिव गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको बताइएको छ ।