माइतीघर मण्डला बालेन, सुदन वा गृहमन्त्रीका समर्थहरुको मात्रै प्रदर्शनस्थल बनाईएको भन्दै शंकर पोखरेलको आलोचना


काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौंको माइतीघर मण्डलालाई कुनै एक पक्षको लागि मात्रै प्रदर्शनस्थल बनाईएको भन्दै आपत्ति जनाएका छन् । उनले माइतीघर बालेन शाह, सुदन गुरुङ वा गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थहरुके मात्रै प्रदर्शनस्थल बनाईएको भन्दै आलोचना गरेका छन् ।

माइतीघर मण्डलालाई एक पक्षको लागि मात्रै प्रदर्शनस्थल बनाईनु कानूनी सिद्धान्तमाथिको उपहास भएको पनि उनको टिप्पणी छ । उनले फेशबुकमा लेखेका छन्–‘माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। वालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।’