काठमाडौं, ९ कार्तिक । छठलगत्तै आन्दोलनको तयारी गरेका दुर्गा प्रसाईंलाई काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओले छलफलको लागि बोलाएका छन् । प्रसाईंले आजमात्रै सम्पादकहरुसँग आफूले गर्न लागेको आन्दोलनको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए ।
प्रसाईंले अहिलेको व्यवस्था नै फाल्नेगरि आन्दोलन गर्ने घोषणा गरेका छन् । कतिसम्म भने उनले अब आवश्यक खाद्यान्नसहितका सामाग्रीको जोहो गर्न आह्वान गरेका छन् । हिजोमात्रै प्रसाईंको अब हुने आन्दोलनलाई लक्षित गरेर गृहमन्त्रालयले सम्वादको लागि आह्वान गरेको थियो । त्यसअघि बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।
उक्त छलफलमा प्रसाईंको अब हुने आन्दोलन, सुरक्षा चूनौतिलगायतका विषयमा छलफल भएको थियो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालको सहभागिता थियो । प्रसाईंले छठ सुरु भएसँगै आन्दोलनलक्षित तयारीलाई तिव्रता दिएका छन् । यही सन्दर्भमा काठमाडौं, ललितपुर र झक्तपुरका सिडिओले प्रसाईंलाई छलफल र अब गर्न लागेको आन्दोलनको बारेमा जानकारी लिन बोलाएको स्रोतको दाबी छ । file photo




प्रतिक्रिया