शान्ति सुरक्षाको अवस्था बुझ्न गृहसहित तीन जना मन्त्री भोलि मधेश जाँदै


काठमाडौं, ९ कार्तिक । शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल भोलि मधेश प्रदेश जाने भएका छन् । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल मधेस प्रदेशको भ्रमणमा जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहने जनाईएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। सोमबार र मंगलबार गरी उहाँ दुई दिन मधेसमा रहने जनाईएको छ । त्यस क्रममा उनीहरुले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तक्र्रिया गर्नेछन् । यस्तै गृहमन्त्री अर्याल छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।