प्रधानमन्त्री कार्कीविरुद्ध अभिव्यक्ति दिएको भन्दै अधिवक्ता नेपालसँग साइबर ब्यूरोले लियो बयान


काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोले अधिवक्ता स्वागत नेपालसँग बयान लिएको छ । अधिवक्ता नेपालसँग साईबर ब्यूरोले हिजो ६ घण्टा लामो बयान लिएको हो ।

अधिवक्ता नेपाललाई व्यूरोले केही दिनअघि बयानका लागि भोटाहिटीस्थित कार्यालयमा बोलाएको थियो । साइबर व्यूरोको कार्यालयमा आइतबार पुगेका अधिवक्ता नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको थियो ।

अधिवक्ता नेपालसँग भोलि पनि बयान हुने बताइएको छ । तर, अधिवक्ता नेपाललाई भने कसले उजुरी गरेर र कुन कसुरमा आफूलाई बयानको लागि बोलाइएको हो त्योसमेत नखुलाइएको बताइएको छ ।

यो पनि पढ्नुहोस्ः प्रधानमन्त्री कार्कीको विरुद्धमा बोलेको भन्दै अधिवक्ता नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी