चित्रबहादुर केसीको प्रश्नः व्यक्ति विशेषले गलत गर्ने तर त्यसको सजाय लोकतन्त्र र गणतन्त्रले भोग्नुपर्ने ?


काठमाडौं, १० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेन–जी समूहले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनको माग स्वाभाविक भए पनि मुलुकका महत्वपूर्ण राष्ट्रिय सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने कार्य गलत भएको बताका छन् । भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिने भए पनि त्यसका नाममा जनताको करबाट निर्माण गरिएका संरचनामा क्षति पुर्याइएको भन्दै उनले आपत्ति जनाए ।

यस्तो हर्कत नेपाली नागरिकले गर्न नसक्ने उनको तर्क छ । त्यसमा विदेशी घुसपैठ भएको हुनसक्ने उनले आशंका व्यक्त गरे । यस्ता अराजक घटनाक्रमले लोकतन्त्र र गणतन्त्रलाई बलियो नबनाउने उनले बताए । व्यक्ति विशेषले गलत गर्ने तर त्यसको सजाय लोकतन्त्र र गणतन्त्रले भोग्नुपर्ने भन्ने नहुने उनले बताए । मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छिट्टै बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले दृष्टिकोण सार्वजनिक गर्ने पनि उनले बताए ।