तोलामा २९ सयले घट्यो सुनको मूल्य, तोलाको कति?


काठमाडौं, कातिक ११ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन सोमबार तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ९आज० घटेर २ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५०३ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।