चुनावमा राम्रो परिमाण ल्याउने आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : माधव नेपाल (भिडिओसहित)


काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुनावको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘चुनावको तयारीमा जुट्ने, चुनावमा राम्रो परिणाम ल्याउने, त्यो उद्देश्य र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ । त्यसको लागि समयमै तयारी गरिएन भने राम्रो परिणाम ल्याउन सकिँदैन् ।’ उनले अरु दलको तुलना गर्दा र उनीहरुको गतिविधि हेर्दा आफूहरु निराश हुनुपर्ने कुनै कारण नभएको जिकिर गरे ।

आफूलाई जेनजी पुस्ताका युवाहरुको ठूलो समूह आएर नेकपा (एकीकृत समाजवादी) को उपादेयता ठूलो रहेको भनेर भनेको पनि उनले स्मरण गराए । आफ्नो दलमा राम्रा राम्रा विचार भएका नेताहरु रहेको भन्दै जेनजीहरुले प्रशंसा गरेको भन्दै उनीहरुले गणतन्त्रको पक्षमा उभिने दृढता व्यक्त गरेको पनि अध्यक्ष नेपालले सुनाए ।