काठमाडौं, १२ कार्तिक । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको सरकारका प्रवक्तासमेत रहेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिने भएको हो । यसअघि पनि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघमा नै गर्न सरकारलाई सुझाएको थियो । निर्वाचन आयोगले त्यहीअनुसार तयारीसमेत थालेको छ ।




प्रतिक्रिया