बालुवाटारमा भित्र त्रि-पक्षीय छलफल, बाहिर गेटमा ठूलो संख्यामा सुरक्षा तैनाथ


काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सरकार, दलका नेताहरु र जेन-जी प्रतिनिधिहरुबीच त्रि-पक्षीय सम्वाद सुरु हुन लागेको छ । भित्र बैठक कक्षमा त्रिपक्षीय छलफलको तयारी चलिरहेको बेलामा बाहिर गेटमा भने ठूलो संख्यामा सुरक्षा तैनाथ गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनको चुनावको वातावरण बनाउनको लागि आज पहिलोपटक सरकार, दलका नेताहरु र जेनजी प्रतिनिधिहरुबीच छलफल गराउन लागेकी हुन् । यसअघि दलका नेताहरु र केही पर्यवेक्षक विज्ञ राखेर छलफल गरेकी प्रधानमन्त्री कार्कीले आज पहिलोपटक त्रिपक्षीय छलफल राखेकी हुन् ।