काठमाडौं, १३ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले कसको नेतृत्वमा चुनावमा जाने भन्ने कुरा आगामी मंसिरको अन्तिम साता हुने महाधिवेशनले छिनोफानो गर्ने बताएका छन् । पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘केपी ओलीले लिएर चुनावमा जान सकिँदैन’ भनेको भनाईबारे चर्चा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘एमालेभित्र अहिले एउटा प्रश्न जबरजस्त उब्जिएको छ ! आगामी निर्वाचनमा केपी शर्मा ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त हो कि अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला? आगामी मङ्सिर २७, २८, २९ गते पोखरामा हुने महाधिवेशनले अवश्य नै छिनोफानो गर्नेछ। सो अधिवेशनमा आफ्नो वैकल्पिक क्षमता देखाउन नसक्ने खाली नेतृत्वको विरोध गर्ने यो पंक्तिको नेताहरूको हैसियत के हुने हो अबस्य देखिनेछ? पार्टीभित्र उनीहरूले खेलिरहेको भूमिका सधैं प्रभावकारी र सकारात्मक थियो कि भित्रभित्र गुटबन्दी र गलत भूमिका खेल्दै सर्पझैं मौन रहँदै अवसर कुरिरहनुभएको मात्र हो?’
अब परिस्थिति प्रतिकूल बनेको बेला यही मौका हो भनेर अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गर्ने अनि पार्टी बदनाम गराउने र आफ्ना लाभका प्राप्तितर्फ लाग्ने कराउन थालेका हुन् भन्दै बस्नेतले प्रश्न उठाएका छन् । अब आम कार्यकर्ताले विवेकपूर्ण फैसला गर्ने समय आएको पनि उनको भनाई छ ।




प्रतिक्रिया