काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता भूपेन्द्रजंग शाहीले नियमित महाधिवेशनको विकल्प नै नियमित महाधिवेशन भएको बताएका छन् । उनले अहिलेको समस्याको निकास पुरानै पारा, पुरानै तरिका, पुरानै सोच र पुरानै म्यान्डेटबाट सम्भव हुन नसक्ने ठोकुवा गरेका छन् ।
उनले परिवर्तनको सन्देश र अहिलेको जेन्जी पुस्ताको सहभागितालाई सुनिश्चितता गर्दै नियमित महाधिवेशन मंसिरभित्र गर्नुको अर्को कुनै विकल्प नभएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्,‘नियमित महाधिवेशनको विकल्प नै नियमित महाधिवेशन हो । अरु अन्यथा कुरा गरेर अलमलमा पारेर नियमित महाधिवेशन लाइ ओझेलमा पार्ने गरि विषायन्तर नगरौ। १५औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाइ छैन। पानी माथि बसेर कोही ओभानो हुदैन । जय नेपाल ।’ file photo




प्रतिक्रिया