अब नेकपा माओवादी भन्ने नाम पनि रहदैन: जगन्नाथ खतिवडा


काठमाडौं, कार्तिक १४ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) बिचको एकतापछि माओवादी पार्टी नरहने बताएका छन् । समसामयिक राजनीतिक परिस्थितिकाबीच अहिलेको प्राथमिक्ता पार्टी एकता र पार्टीको विस्तार भएकाले हिजो बिद्रोह गरेको एकीकृत समाजवादीलाई पार्टीको नयाँ नाम, झन्डा र चुनावचिन्हसहित विस्तारमा लैजान लागेको उनले बताए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बौल्दै उनले भने, ‘आज हाम्रो प्राथमिक्ता पार्टी एकता र पार्टीको विस्तार हो । हिजो एमाले भित्र विद्रोह गरेर निर्माण भएको पार्टी आज विस्तारको अभियानमा लगेका छौ । पार्टी एकता माओवादीका लागि पनि विस्तार नै होला । अव नेकपा माओवादी भन्ने नाम पनि रहदैन् । नयाँ नाममा हामी जान्छौ । यो माक्सवाद, लेलिनवादको सिद्धान्त मान्नेबीचको एकता हो । हामी पार्टी एकिकरणमार्फत धरै व्यक्तिलाई स्वागत गर्नेगरी ठूलो प्लेटफर्म बनाउँन लागेका छौ ।’

अबको पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहने बताउँदै उनले पार्टीको नाम,नीति र सिद्धान्तमा सहमति हुन भने बाँकी रहेको जानकारी गराए । आजको चुनौतीको समाना गर्न नयाँ आशा र उत्साह बोकेर जनतामा जान सम्मान जनक एकता गर्न लागिएको उनको भनाई छ । विचारमा आधारित पार्टी संगठनले मात्रै देशको नेतृत्व गर्न सक्ने, देशलाई निकास दिन सक्ने भएकाले विचारबाट निर्देशित संस्थागत क्षमता भएका पार्टीले मात्रै मुलुकको नेतृत्व गर्न सक्ने भएकाले पार्टी एकीकरण अघि बढेको उनले बताए ।