काठमाडौं, १४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुनसक्ने टिप्पणी गरेकी छिन् । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच एकताको प्रक्रिया थालिएको समाचार आएपछि झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले फेशबुकमा लेखेकी छिन्–‘व्यक्तिगत आवश्यकता र ब्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। ईतिहासको बास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहि होईन।’
झाँक्री माओवादी केन्द्रसँग एकताको विपक्षमा छिन् । उनले बरु पार्टी पूनर्गठन गरेर एमालेसँग एकता थाल्नुपर्ने मत राखेकी छिन् । माओवादीसँग एकता गर्न नहुने पक्षमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत उभिएका छन् । file photo




प्रतिक्रिया