महामन्त्रीद्वयकाे चेतावनीपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज (शुक्रबार) दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ ।

महाधिवेशनको विषयलाई लिएर कांग्रेसको केन्द्रीय समितिमा भाँडभैलो सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर महाधिवेशनको कार्यतालिका पेश गर्न पाउनुपर्ने बताएका थिए । कार्यतालिका ल्याउन नदिने हो भने केन्द्रीय समितिमा उपस्थित नहुने महामन्त्रीद्वयको चेतावनी रहेको थियो ।