एमालेले आज महाधिवेशनको तयारी र पार्टीमा फर्किने नेता कार्यकर्ता व्यवस्थापनबारे छलफल गर्दै


काठमाडौं, कार्तिक १५ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। भक्तपुरको गुण्डुमा अहिले बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ।

नेकपा (एकिकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकतागर्ने निर्णय गरेपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गरेका छन् । लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा पुनः एकताबद्ध हुन ओलीले एमालेलाई आफ्नै घर सम्झिएर फर्किन आह्वान गरेपछि पार्टीमा फर्किने नेता कार्यकर्ता व्यवस्थापनबारे समेत आजको बैठकमा छलफल हुने जनाइएको छ ।