बालेनलाई महावीर पुनको सुझाव : सर्को तानेको बेलामा केही पनि नलेख्न र नबोल्न अनुरोध छ


काठमाडौं, कार्तिक १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति लेखेको अश्लिल स्टाटसप्रति लक्षित गर्दै ‘सर्को तानेका बोलेको, लेखेको भनी व्याख्या गरेका छन् ।

मन्त्री पुनले बालेनको नाम उल्लेख नगरी केही आशा लाग्दा अभियान्ता र अगुवाले बेलाबेलामा सर्काे तानेर बोलेको लेखेको जस्तो लागेको बताएका छन्। पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्–केही केही आशालाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नलेख्न न नबोल्न अनुरोध छ ।”

मेयर शाहले लेखेको स्टाटस अश्लिल भन्दै चर्को आलोचना भएपछि हटाएका थिए । अहिले सामाजिक सञ्जालमा शाहको उक्त स्टाटसको स्कृनसर्टप्रति चर्को बहस भइरहेको छ ।