आज १ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित्


काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसको अहिले दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित् भएको छ । अर्को बैठक कार्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित् भएको जानकारी दिएका छन् ।

पार्टीको १५औं महाधिवेशनको कार्यतालिकाको विषयमा संस्थापन र संस्थापनइतर पक्षबीच विवाद चुलिएको छ । शुक्रबारको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा उपस्थित् थिएनन् । उनले सो बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्न चाहेका थिए । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असहमति जनाएपछि थापा बैठकमा नै नगएका हुन् ।