काठमाडौं, कार्तिक १७ । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने भएका छन् । उनले आफू राजनीतक पार्टी गठनको तयारीमा रहेकाले सुझाव मागेका छन् । उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सामाजिक सञ्जालमा सुझाव मागेका छन्।
‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होलारु तपाईँको सुझाव के छ’, उनले भनेका छन्, ‘र, पार्टीमा आबद्ध हुन चाहने साथीहरू पनि सम्पर्कमा आउनूस्।’
यही कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका भनेर चर्चा पाएका सुनारबारे विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले नाम हटाएकी थिइन्।




प्रतिक्रिया