काठमाडौं, कार्तिक १७ । अफगानिस्तानको मजार–ए–शरीफनजिकै शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा आज बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्पमा परी हालसम्म १२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको मजार–ए–शरीफ सहरका धेरै बासिन्दाहरूले भूकम्पपछि घर भत्किने डरले सडकमा निस्किएका एएफपीले जनाएको छ ।
यसअघि गत अगस्टको अन्त्यतिर अफगानिस्तानको पहाडी पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।




प्रतिक्रिया